काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या केही घटेको छ । तर, मृत्यु हुनेको संख्या घट्न सकेको छैन ।
२४ घन्टामा एक सय ८५ को मृत्यु भएको छ भने पिसिआर विधिबाट भएको परीक्षणमा ७ हजार २ सय २० जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९ हजार ८ सय ४३ टेष्ट भएको थियो । त्यस्तै २४ घन्टामा सात हजार एक सय ३५ जना निको भएका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १८०६, ललितपुरमा ६८१ तथा भक्तपुरमा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।