Logo
Logo

प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी


दृष्टि संवाददाता

8.8k
Shares


सुर्खेतः कर्णाली प्रदेशमा सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिएको काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयबीच भागबन्डा नमिलेकाले सरकारमा सहभागीता लम्बिदै आएको छ । कर्णाल्मिा मन्त्रालयमध्ये अहिले दुई वटा मन्त्रालय रिक्त रहेका छन् । खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा काँग्रेस सहभागी हुन लागेको हो ।


नेपाली काँग्रेसका प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ जना सांसदमध्ये दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीको नाम मन्त्रीमा चर्चा छ । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारमा सहभागी हुने विषयमा मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए । ‘सरकारमा सहभागीको विषयमा मुख्यमन्त्रीसँग छलफलमा बसेका छौ’ नेता शाहीले भने ।

यसअघि मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि नेपाली काँगे्रस सरकारमा सहभागी भएको थिएन । जसको कारण तीन जना मन्त्रीको शपथ पनि रोकिएको थियो । वैशाख तीन गते विश्वासको मत पाएर आफ्नो पद जोगाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेका एमाले माधव समूहका तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

जसमा भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा कु्रमराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढालाई नियुक्त गरेका थिए । त्यसयता आन्तरिक मामिला युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्