Logo
Logo
प्रतिनिधिसभा विघटनविरुद्ध रिट

विपक्षी गठबन्धनको रिट सर्वोच्च अदालतमा दर्ता


दृष्टि संवाददाता

5.3k
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरुको रिट दर्ता भएको हो ।

रिटमा चार राजनीतिक दलका १ सय ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गरेको दावी गर्दै गठबन्धनका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेपछि १ सय ४९ सांसदको बहुमत हस्ताक्षर सहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गरेका थिए ।

प्रधानमन्त्री ओलीले पनि पुनः आफुलाई नियुक्त गर्न दाबी गरेपछि राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्