Logo
Logo

नेपालको आईसीसी एकदिवसीय वरीयता यथावत


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत छ । आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो ।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा छ । टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा छ । घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन ।

ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो । नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको दुई खेलमा विजयी भएको थियो ।

एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी छन् ।

प्रतिक्रिया दिनुहोस्