Logo
Logo

सुदूरपश्चिममा एमाले प्रदेश संसदीय दलको बैठक बस्दै


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।

एमालेका प्रदेश सभा सदस्य अमरबहादुर साउदले संसदीय दलको बैठक बस्न लागेको बताए । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बैठक बस्न लागेको हो । यस बैठकलाई चासोका साथ हेरिएको छ ।

‘संसदीय दलको नेताज्यूले आज बैठक बोलाउनुभएको छ । ‘अहिले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा माननीयज्यूहरू आउने क्रम सुरु भएको छ,’ साउदले भने, ‘बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।’

प्रतिक्रिया दिनुहोस्