काठमाडौं । छिमेकी देश भारतमा पछिल्लो दुई सातामा नयाँ संक्रमितको संख्या आधा घटेको छ । मंगलबार डेढ महिनायताकै न्यून नयाँ संक्रमित थपिएका हुन् ।
मंगलबार दुई लाख भन्दा कममा संक्रमण देखिएको छ । एक लाख ९६ हजारमा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो १४ अप्रिल यताकै न्यून संक्रमण हो । मृत्युको संख्या पनि केही घटेको छ । २४ घन्टामा ३५११ को मृत्यु भएको छ भने ३ लाख २६ हजार निको भएका छन् ।
भारतमा संक्रिय संक्रमितको संख्या ३६ लाख बा २५ मा घटेको छ ।
भारतका दक्षिणी राज्यहरुमा संक्रमण बढेपनि विगतमा धेरै संक्रमण देखिएका राज्यमा निरन्तर घटिरहेको छ । तर, नेपालमा भने एक महिना हुन लाग्दा समेत संक्रमण घट्न सकेको छैन । नेपालमा परीक्षण कम र भ्याक्सिन बन्द हुँदा संक्रमण नियन्त्रण हुन नसकेको हो । भारतमा हालसम्म करिब २० करोडले भ्याक्सिन लगाइसकेका छन् । दैनिक २० लाख भन्दा धेरैले भ्याक्सिन लगाउने गरेका छन् ।
नेपालमा गाउँ गाउँमा कोरोना संक्रमण फैलिएको छ । जहाँ परीक्षण नै हुन सकेको छैन । सरकारको ध्यान कोरोना भन्दा चुनावमा केन्द्रीत हुँदा नेपालमा नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।