Logo
Logo
निषेधाज्ञा थप कडाइ

काठमाडौं उपत्यकामा खाद्यान्न पसल खोल्न नपाइने


दृष्टि संवाददाता

1.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गर्दै खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीहरुले एकसातालाई पुग्ने खाद्यान्न पहिल्यै किनेर राख्नको लागि आग्रह गरेका छन् । १४ गतेदेखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लाका किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय उनीहरुको छ ।

दुई दिनभित्र खाद्यान्न खरिद गर्न लागि आग्रह समेत उनीहरूको छ । अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ। उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको बैठकको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्