Logo
Logo

नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडाैं । संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो ।

नेविसंघका विद्यार्थीले जलाएको पुत्लालाई प्रहरीले निभाएको थियो । यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्