Logo
Logo

ओलीकै गृह जिल्लामा ९ दलको संयुक्त आन्दोलन घोषणा


दृष्टि संवाददाता

1.6k
Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उनकै गृह जिल्ला झापामा एमालेको नेपाल–खनाल पक्ष र कांग्रेससहित ९ दलले संयुक्त आन्दोलन गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसको पहलमा मंगलबार बिर्तामोडमा बसेको ९ दलको संयुक्त बैठकले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनमा जानुको विकल्प नभएको ठहर गरेको हो ।

बैठकमा कांग्रेस, एमालेको नेपाल–खनाल पक्ष, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, बहुल राष्ट्रिय मोर्चा, संघीय लिम्बुवान मञ्च नेपाल, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु सहभागी थिए ।

उनीहरुले कोरोना महामारीमा ठूला विरोधसभाहरु आयोजना गर्न नसकेपनि बैचारिक तहबाट आन्दोलन अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

बैठकपछि जारी गरेको संयुक्त विज्ञप्तिमा संविधानलाई मिचेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिने तत्कालीन राजा ज्ञानेन्द्र शाहकाविरुद्ध महान बलिदानी संघर्ष गरेका नेपाली जनतालाई केपी र विद्याले जिस्क्याउने गल्ती गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्