Logo
Logo

कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन


दृष्टि संवाददाता

1k
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाई जित्न उपलब्ध खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

धानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।

यस्तै, जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिए ।

‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाई जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्ने भयो ’, ओलीले भने । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्सा कर्मी र स्वास्थ्य उपकरणको उपलब्धता बारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्