Logo
Logo

राष्ट्रिय फुटबल टोली मैत्रीपुर्ण र विश्वकप छनौटका लागि इराक प्रस्थान


दृष्टि संवाददाता

567
Shares

काठमाडाैं । इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि राष्ट्रिय फुटबल टोली बुधबार इराक प्रस्थान गरेको छ । फिफाको सहयोगमा कतार एयरवेजको चार्टडबिमानबाट टोली इराक प्रस्थान गरेको हो ।

राष्ट्रिय फुटबल टोलीलाई अन्तराष्ट्रिय बिमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विदाई गरे । जेठ १५ गते अर्थात शनिबार हुने मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

इराकसँगको मैत्रीपुर्ण खेलपछि राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गर्नेछ । यो टुरका लागि जान लागेको टिमका २३ खेलाडी र १२ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

इराक प्रस्थान गर्नुअघि राखेप सदस्य सचिव एवं नेपाली टोलीका अफिसियल रमेश सिलवालले नेपाली टोलीको हौसला बढाउन आफु पनि नेपाली टिमसंग जान लागेको बताए । उनले नेपाली फुटबलको समृद्धिका लागि भ्रमण राष्ट्रका फुटबल निकायसंग पनि छलफल गर्ने जनाए ।

नेपालले इराकसँगको मैत्रीपुर्ण खेलपछि फिफा विश्वकप छनौट खेल्नेछ । जसमा नेपालले जुन तीन अर्थात जेठ २० गते चाइनीज ताइपेइसँग जुन सात अर्थात जेठ २५ गते जोर्डन र जुन ११ अर्थात जेठ २८ गते अष्ट्रेलियासँग छनौट खेल खेल्नेछ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसपटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन ।

प्रतिक्रिया दिनुहोस्