Logo
Logo

एनएमबिको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड अनलाइनबाटै


दृष्टि संवाददाता

441
Shares

काठमाडौ । एनएमबि बैंकले अनलाइनबाटै अन्तराष्ट्रिय प्रिपेड कार्ड दिने भएको छ ।

अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरी सकेको तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै बसेर भर्टुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको हो ।

अब बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइन बाटै आवेदन दिई विदेशबाट पाइने सेवा नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभरीका १८१ शाखामा यो योजना सञ्चालनमा छ । जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले देशभरीका १ सय ३६ एटिएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्