Logo
Logo

उभौली पर्व : अन्नबाली राम्रो होस् भनेर प्रकृतिलाई पुज्ने दिन


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । प्रकृति पुजक किरात समुदायले उधौली पर्व मनाउँदैछन् । यस वर्षको अन्नबाली लगाइसकेकोले अन्नबाली राम्रो होस भन्ने कामनासहित प्रकृतिलाई पूजा गर्ने प्रचलन रहेको छ ।

किरात समुदायका लिम्बू, राई, सुनुवार र याख्खाले पुजा गरी उधौली मनाउने गर्छन् । आफूलाई किरात नै हो भन्न अन्य समूदायले पनि आजकै दिन आ–आफ्नै तरिकाले पूजा गरेर उधौली मनाउने गर्दछन् ।

किरात समुदायले यामलाई दुई भागमा विभाजन गरेका हुन्छन् । बाली लगाउने र बाली उठाउँने दुई याम हुन्छ । यी दई यामका मौसम पनि फरक–फरक हुन्छ । उधौली र उभौली यसरी छुटिन्छ–

उधौली–
लेकमा चिसो सुरु भएपछि खोलाका माछा र वन्यजन्तु बेँसी अर्थात (उँधो,ओरालो) लाग्छन्, त्यो यामलाई उधौली भन्ने गरिन्छ । त्यो याम मंसिर आसपालमा पर्छ । यो बेला अन्नबाली भित्रिएको हुन्छ ।
अन्नबाली लगाउने बेला अर्थात उभौलीमा प्रकृतिलाई गरिएको भाकलअनुसार अन्नबाली पाकेको यो याममा गरिने उधौली पूजामार्फत प्रकृतिलाई अन्नको भाग बुझाइन्छ । साथै, अन्नबाली राम्रो भएकोमा प्रकृतिलाई धन्य प्रकट समेत गरिन्छ ।

उभौली–
चिसो याममा बेँसी झरेका खोलाका माछा र वन्यजन्तु बर्खायाम सुरु भएसँगै गर्मी लागेपछि उकालो लाग्छन् । गर्मीबाट बच्नका लागि बन्यजन्तु उकालो लागेको यामलाई उभौली भन्न थालिएको हो । यो याममा छरपख सकिएको हुन्छ । अन्नबाली लगाइसकिएको हुन्छ । यो याम बैशाख आसपास पर्छ ।

उभौली याममा अन्नबाली लगाएपछि किरात समुदायले अन्नबाली राम्रो होस् ‘पाकेपछि तिमीलाई पनि भाग दिन्छौं है’ भनेर प्रकृतिसँग भाकल गरेका हुन्छन् । सोही भाकलअनुसार अन्नबाली पाकेपछि उधौली याममा प्रकृतिलाई अन्नबाली चढाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्