Logo
Logo

ओलीलाई सुदुरपश्चिमबाट अर्काे धक्का


दृष्टि संवाददाता

32.4k
Shares


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको सुदुरपश्चिम कमिटीले अर्काे धक्का दिएको छ । पार्टीको सुदुरपश्चिम कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सोमबार ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी किमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, बुधबार बसेको प्रदेश कमिटीले केन्द्रको निर्णय अस्वीकार गरेको हो । प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले समेत सरकारबाट फिर्ता हुन समेत अस्वीकार गरेका छन् ।


सुदुरपश्चिममा धेरै सांसद माधव नेपाल समूहका छन् । जसकारण उनीहरुले ओलीलाई चुनौती दिएका हुन् । यसअघि कर्णाली प्रदेशका एमाले सांसदले पनि ओलीविरुद्ध विद्रोह गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशका १४ सांसदले एमालेले उम्मेदवार बनाएका रामबहादुर थापा बादललाई मत हाल्न अस्वीकार गरेका थिए । लुम्बिनी प्रदेशमा एमालेका दुई सांसद कांग्रेस र माओवादी केन्द्रमा आबद्ध भएका छन् ।
ओलीले माधव नेपाल पक्षलाई कारबाही गरी एकलौटी रुपमा पार्टी चलाउन खोज्दा गाउँ गाउँसम्म पार्टी विभाजन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्