काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । बुधबार एक विज्ञाप्ति जारी गर्दै समयमा सिलिन्डर फिर्ता नहुँदा अवस्था झनै विकराल बन्दै जाने भएकाले समयमै सम्बन्धित उद्योगमा फिर्ता गर्न आग्रह गरेको हो ।
अक्सिजन सिलिन्डर त्यसै थन्काएर राख्दा अस्पतालमा सघन उपचाररत सङ्क्रमितलाई अप्ठ्यारो हुन जाने भएकाले यस विषयमा सबैलाई संवेदनशील बनिदिन पनि स्वास्थय मन्त्रालयको आग्रह छ ।
यो सङ्क्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विकेकभन्दा बाहिर गएर निर्णय गर्नेरगराउने कार्यलाई बन्द गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापनका लागि सम्बन्धित सबैमा मन्त्रालय सार्वजनिक अनुरोध गर्दछ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
‘एउटा उद्योगका अक्सिजन सिलिन्डर अन्त प्रयोग हुने क्रम बढिरहेको भन्दै त्यसो नगर्न पनि अत्याधिक बढेकाे छ र यसले आगमि दिनमा समस्य निम्त्याउने देखिन्छ । विभिन्न व्यक्तिहरू तथा संघसंस्थाहरूले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका अक्सिजन सिलिन्डरहरू समयमा नै जुन कम्पनी वा अस्पतालकाहरूकाे अक्सिजन सिलिण्डर हुन तिनै उत्पादक कम्पनी तथा अस्पतालमा पुर्याउन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।