Logo
Logo

सौन्दर्ययीकरणमा महानगरलाई चुनौती

–शर्मिला पाठक (रासस)

0
Shares

काठमाडौँ । काठमाडौँका मुख्य सडक पेटीमा बिहानदेखि खुद्रा व्यापारीको चहलपहल शुरु हुन्छ । पैदल यात्रु र सवारी साधन चढ्ने र ओर्लनेको जम्काभेट पनि सडकपेटीमै हुन्छ । त्यही क्रममा खुद्रा पसलमा सामग्री किन्ने मोलमोलाई गरिरहेका हुन्छन् ।

व्यापारी भने कतिबेला काठमाडौँ महानगरपालिकाका नगर प्रहरी आउलान् भनी त्रसित हुँदै भाग्न र लुक्नका लागि तयार हँदै व्यापारमा ध्यान दिइरहेका देखिन्छन् । यो एक दिनको नभई काठमाडौँको सडक पेटीमा हरेक दिन देखिने दृश्य हो ।
सडक पेटीमा व्यापार गरी दैनिकी चलाउने व्यापारीले गरी खान दिएनन् भन्दै आएका छन् भने महानगरले सडक कुरुपसँगै यात्रुलाई आवागमन गर्न समस्या भएको भन्दै कारवाही गर्दै आएको छ । बसपार्कमा दश वर्षदेखि फलफूल बिक्री गर्दै आउनुभएका हरि खड्काले भन्नुभयो, “पछिल्लो समय व्यापार गरेर खान निकै समस्या छ, महानगरले एकछिन पसल राखेको देखे लगिदिन्छ ।”
गोर्खा घर बताउने खड्का भन्नुहुन्छ, “लामो समय यही व्यवसाय गरी छोराछोरीलाई पढाइयो, घरखर्च चलाइयो । अहिले महानगरले एकै स्थानमा राख्न पनि दिँदैन । उनीहरूको आँखा, कान छली व्यवसाय गर्नुपर्ने अवस्था छ । प्रतिस्पर्थी बढेकाले पहिले जस्तो आम्दानी पनि छ्रैन ।”
सडक पेटीमा व्यापार गर्नु गैरकानूनी काम भएकाले व्यापार गर्ने जो कोही र जुन स्थानमा गरे पनि कारवाही प्रक्रियामा ल्याउने कामपाको भनाइ छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार कलङ्कीचोक, कालिमाटी, रत्नपार्क, बसपार्कलगायतको स्थानबाट दैनिक ३० जनासम्म सडक पेटीका व्यापारी कारवाहीमा पर्ने गरेका छन् ।
नगर प्रहरीले जफत गरी ल्याएको सामग्रीको आधारमा उनीहरूलाई जरिवाना असुल गरी फिर्ता गर्ने गरिएको छ । कामपामा सङख्यात्मक रुपमा कति सडक व्यापारी छन् भन्ने यकिन जानकारी नभए पनि धेरै स्थानमा पैदल यात्रुलाई आवतजावत गर्न नै समस्या हुने गरी व्यापार गरिरहेका छन् ।
वातावरण निरीक्षक राजेश्वर पौड्यालले साँच्चै काठमाडौँलाई सुन्दर बनाउने हो भने खाली स्थानमा वृक्षरोपण, पार्क निर्माण, आकाशे पुल र अन्य स्थानमा अव्यवस्थित रुपमा राखिएको सूचनापाटी हटाउनु, ढल व्यवस्थापनमा ध्यान दिनुको सधँै सडक पेटीका पसललाई व्यवस्थापन गर्नुपर्ने बताउनुहन्छ ।
दैनिक रुपमा बढिरहेको उद्योगधन्दा निर्माणले पनि शहरलाई कुरुप बनाउन थप टेवा पुगेको छ । यसलाई व्यवस्थापन गर्न वातावरण विभागले नियमित अनुगमन गरिरहेको विभागका सूचना अधिकारी सफला श्रेष्ठको भनाइ छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको चुनावी प्रतिबद्धता नै रहेको थियो हरियाली र सँगै सौंन्दर्ययीकरण गर्ने । स्थानीय निर्वाचन भएको डेढ वर्षको अवधिमा पनि उहाँले भनेअनुसारका यी दुबै कार्य भएको अवस्था देखिँदैन ।
दश हजार रुख रोप्ने कार्य अझै अन्योलमा
पाँच महीनाअघि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ३२ वटै वडामा यसै आर्थिक वर्षमा सक्ने गरी दश हजार रुख बिरुवा रोप्ने भने पनि अहिलेसम्म यस कार्यले गति लिएको छैन ।
अघिल्लो वर्ष जनप्रतिधि आएपछिको प्रमुख कार्यको रुपमा रहेको काठमाडौँलाई सफा र हरियाली बनाउने अभियानस्वरुप कामपाका प्रमुख र उपप्रमुखले पदबहालीकै दिन कामपाको कार्यालय परिसर सुन्धारामा रुख रोप्नु भएको थियो । त्यसपछिका समयमा केही स्थानमा थोरैको सङख्यामा केही बिरुवा रोपिए पनि त्यसको संरक्षण हुन नसक्दा हरियाली देखिएको छैन ।
बर्खाको समय शुरु भएसँगै वृक्षरोपण कार्य गर्नको लागि कामपाले फ्लोरिकल्चर एशोसिएशन नेपाललाई दिएको छ । अबको एक महीनामा महानगरभित्र रहेका सडक बीचमा रहेका खाली स्थानमा बोटबिरुवा रोप्न शुरु गर्ने एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।
अव्यवस्थित तारका कारण कुरुप काठमाडौँ
कामपाले तार व्यवस्थापन गरिरहेको जनाए पनि सहरको सौंन्दर्यमा खासै परिवर्तन आएको छैन । महानगरले अघिल्लो मङ्सिरदेखि नै तार व्यवस्थापन गर्दै आएको थियो । अहिलेसम्म अव्यवस्थित रुपमा जहाँतहीँ फालिएको ५४ गाडी तार व्यवस्थापन गरिएको कामपाको दाबी छ । पछिल्लो समय केवल प्रदायक संस्थाले यत्रतत्र तार जेलेर राख्नु सामान्य भएको छ ।
तारका कारण शहर कुरुप एकातिर भएको छ भने अर्कातिर आगलागीका घटना बढिरहेका छन् । गत हप्ता मात्रै कामपामा नै मानवीय क्षति हुने गरी आगलागी भएको थियो । नयाँसडक, कालीमाटी चोक, माइतीघर, पुतलीसडक बागबजार, बानेश्वरलगायतका स्थानमा अव्यवस्थित तारकै कारण जतिबेला पनि आगालागी हुन सक्ने देखिन्छ । राजधानीका कतिपय स्थानमा नेपाल विद्युत् प्राधिकरणले विद्युत्का लाइनलाई भूमिगत गर्न शुरु गरेपनि यस कार्यले तीब्रता पाउन सकेको छैन ।
सार्वजनिक शौचालयको अभाव
काठमाडौँको अर्को ठूलो समस्या हो सार्वजनिक शौचालय । अघिल्लो आर्थिक वर्षमा नै कामपाले विभिन्न ४१ स्थानमा यात्रुको लागि शौचालय निर्माण गर्ने भने पनि उक्त कार्य पनि हुन सकेको छैन । कामपा सार्वजनिक–निजी साझेदारी एकाइका प्रमुख धु्रव काप्mलेका अनुसार निर्माणको लागि केही काम भएको बताउनुहुन्छ ।
काठमाडौँ महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रतिवेदन तयार गरिएको छ । हाल कामपामा ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन् । ती सार्वजनिक शौचालयमध्ये २८ प्रयोग गर्न मिल्ने अवस्थामा छन् । बाँकी ३० मर्मत नगरी प्रयोग नै गर्न नमिल्ने कामपा स्वयंले स्वीकार गरेको छ ।
टेकू चोक, सानेपा पुल, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजु, माछापोखरी, गोङ्गबु प्रहरीचौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरीमा पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिश भएका छन् । यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने स्थानका रुपमा सिफारिश भएका छन् । यीबाहेकका स्थानमा दोस्रो चरणमा काम गर्न सकिने उल्लेख छ ।
एकाइ प्रमुख काफ्लेले अहिले सञ्चालनमा रहेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, पर्याप्त प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँको अभाव रहेको छ । अब बन्ने शौचालयमा यी सबै मापदण्ड पूरा गरिएको हुने कामपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्