Logo
Logo

खोप उपलब्ध गराउन भारत र चीनलाई राष्ट्रपतिको आग्रह


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त पारिरहँदा छिमेकी देशसँग कोरोना खोप उपलब्ध गराउन सहयोगको अपिल गरेका छन् ।

राष्ट्रपति भण्डारीले भारतका समकक्षी रामनाथ कोविन्दलाई पत्र र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग फोन संवाद गर्दै सहयोगको अपिल गरेका हुन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्दै राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यकाल लागि पहल गरिदिन भनेका हुन् ।

यस्तै, बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद भएको छ । कोभिड महामारीको एक वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।

दुई राष्ट्र प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।

नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताएका छन् ।

टेलिफोन संवादका क्रममा राष्ट्रपतिले चिनियाँ समकक्षी सीको अघिल्लोपटक भएको नेपाल भ्रमणको स्मरण गर्दै महामारी नियन्त्रणमा चीनले हासिल गरेको सफलता अनुकरणीय भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्