Logo
Logo

कोभिशिल्डको विकल्प खाेज्न कोभ्याक्सकाे नेपाललाई पत्र


दृष्टि संवाददाता

3.4k
Shares

काठमाडौं । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया कोभ्याक्सले नेपाललाई कोभिशिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ ।

कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह गरेको हो ।

कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो ।

कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कोभ्याक्सले नेपाललाई कोभिसिल्ड बाहेक कुन खोप उपयुक्त हुन्छ भनेर सोधेकोले त्यसबारे सरकारले निणर्य गर्नेछ ।

नेपालमा औषधि व्यवस्था विभागले कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । स्वास्थ्य सेवा विभागले कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोडर्ना, जोन्सन एण्ड जोन्सन कम्पनी पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्