Logo
Logo

मध्यावधि निर्वाचन रोक्न जनस्वास्थ्य संघको माग


दृष्टि संवाददाता

441
Shares

काठमाडौं – नेपाल जनस्वास्थ्य संघले मध्यावधि निर्वाचन रोक्न माग गरेको छ। निर्वाचनको गतिविधिका कारण कोरोना संक्रमण फैलिने जोखिम हुने भन्दै संघले मध्यावधि निर्वाचन रोक्न माग गरेको हो। 

संघले विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचन रोक्न नागरिक समाज, बुद्धिजिवी सबैलाई एकवद्द भएर लाग्न अपिल समेत गरेको छ। 

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य संकटकाल घोषणा गरी देशको सम्पूणर् ध्यान महामारी नियन्त्रणका लागि केन्द्रित गनुपर्नेमा देशलाई निर्वाचन तर्फ धकेल्नु अध्यादेशको मर्म विपरित छ।’

महामारीको समयमा निर्वाचन गर्दा संक्रमणको तेस्रो लहर आउने जोखिम बढेर जाने र हजारौँ नेपालीको ज्यान जाने संभावना हुने संघको भनाई छ।

प्रतिक्रिया दिनुहोस्