Logo
Logo
प्रतिनिधिसभा विघटनविरुद्ध रिट

विपक्षी गठबन्धनको कानूनविद्संग छलफल


दृष्टि संवाददाता

2.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा बिघटनको बिरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका बिपक्षी दलले मुद्धालाई बलियो बनाउन कानूनविद्संग छलफल गरेको छ ।

बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस, माओवादी लगायतका बिपक्षी दलका दोश्रो तहका नेताहरुले मुद्धालाई छिटो छरितो ढंगले सफल बनाउन कानूनविद्संग छलफल गरेको हो ।

माओवादी केन्द्रका नेता देव गुरुङले मुद्धालाइ सहि र न्यायिक ढंगले निरुपण गर्न दल र वकिहरुबाट खेल्नुपर्ने भूमिका र बहसको सन्दर्भमा छलफल भएको बताए ।

उनले अदालतबाट सुरुमा नै स्टे अर्डर पाउनुपर्ने भन्ने आफुहरुको बुझाई रहेको र स्टे अर्डर ल्याउनका लागि नै प्रयास र पहल गर्नुपर्नेमा जोड रहेको जिकिर गरे ।

प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै बिपक्षी गठबन्धनले सोमबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्