Logo
Logo

खोप किन्न पाँचखालले माग्यो स्वीकृति


दृष्टि संवाददाता

3.7k
Shares

काभ्रे । पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताए ।

नगरस्थित कोभिड व्यवस्थापन समिमिको बैठकले खोप खरीद स्वीकृति माग गरेको हो । नगरप्रमुख खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर जेठ महिनाभित्रै आवश्यक खोप पाँचखालमा ल्याइनेछ ।

खोप खरीदका लागि प्रतिडोज नेपाली रुपैयाँमा दर निर्धारणको मागसमेत पत्रमा गरिएको छ । नगरमा १८ वर्ष माथिका करिब २० हजार नागरिक रहेकाले पहिलो र दोस्रो डोजका लागि ४० हजार डोज खोप खरीद गर्नुपर्ने छ ।

पाँचखालमा कोरोनाको दोस्रो लहर शुरुपछि हाल १७७ पुरुषसहित ३२६ सक्रिय कोरोना सङक्रमित छन् भने चारले ज्यान गुमाइसकेका छन् । जसमध्ये नगरको आइसोलेसनमा ७, अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १२३ सङ्क्रमित छन् ।

यसअघि गत आइतबार पाल्पाको रामपुर नगरपालिकाले आफनैं खर्चमा कोरोना विरुद्धको खोप खरीद गर्ने जनाउँदै मन्त्रालयलाई निवेदन दिएको थिए ।

नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीलाई भेटेरै आफ्नो नगरका सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन ५० हजार डोज खोप आवश्यकता भएकाले नगरकै स्रोतबाट खरीद गर्न मन्त्रालयले स्वीकृति दिनुपर्ने माग गरेका थिए ।

तर, सरकारले भने खाेप खरीद युरिया मल किनेर वितरण गरे जस्ताे नहुने बताउँने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्