Logo
Logo

अध्यादेशबाट बजेट नल्याउन प्रदेश १ सरकारलाई चेतावनी


दृष्टि संवाददाता

945
Shares

मोरङ । प्रदेश नम्बर १ का चार विपक्षी दलका नेताहरूले प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

नेपाली काङ्ग्रेस राजीव कोइराला, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, जनता समाजवादीका जयराम यादव र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मोर्चाका विष्णुमाया तुम्बाहाम्फेले बुधबार अपराह्न संयुक्त पत्रकार सम्मेलन गर्दै प्रतिवादको चेतावनी दिएका हुन् ।

त्यस्तै बजेट प्रस्तुत गर्ने दिनभन्दा १५ दिनअगाडि प्रदेश सभामा पूर्व बजेट छलफल कार्यक्रम सकिनुपर्ने कानुनी प्रावधान छ । तर प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने चलाखी गर्दै यस वर्ष संसदमा नीति तथा कार्यक्रम नै प्रस्तुत गरेको छैन ।

चार दलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश कार्यविधि ऐन र प्रदेश नियमावलीबमोजिम बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअगाडि नै पूर्व बजेट छलफल भइसक्नु पर्ने बाध्यात्मक अवस्था रहेको तर आजका मितिसम्म बजेट अधिवेशन नै आह्वान नगरिएकाले तत्काल बजेट अधिवेशनको आह्वान गरेर प्रदेश सभाबाटै पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्