Logo
Logo

कालीमाटीमा तरकारी ढुवानी गर्ने गाडीमा जोर-बिजोर लागू


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिले जनाएकाे छ ।

करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका छन् । उपत्यका प्रशासनले तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको छ । तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन ।

कालिमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो पनि बढेको छ । धेरै गाडी भएर चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको समितिले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्