काठमाडौं । उपत्यकामा कोरोना संक्रमण घट्दै गएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकअनुसार बुधबार उपत्यकाका एक हजार पाँच सय भन्दा कममा संक्रमण देखिएको छ ।
काठमाडौंमा एक हजार एक सय ३९, ललितपुरमा दुई सय ४१ तथा भक्तपुरमा एक सय १३ जनामा संक्रमण भएको हो । बैशाखको पहिलो साता यही हाराहारीमा संक्रमण देखिएको थियो । बैशाख अन्तिम साता जून बढेर ४२ सयसम्म पुगेको थियो ।
उपत्यकाका संक्रिय संक्रमितको संख्या पनि घटेको छ । हाल काठमाडौंमा १६ हजार ६३, ललितपुरमा ६ हजार ९ सय २९ तथा भक्तपुरमा चार हजार सात सय ४० जना सक्रिय संक्रमित छन् ।
बुधबार समग्रमा पनि देशभरी संक्रमण घटेको छ । ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । जून तीन साता यताकै कम हो ।