Logo
Logo

खेलकुदमा बजेट बढाउन खेलकुद महासंघको माग


दृष्टि संवाददाता

1.9k
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघले खेल र खेलाडीको हकहितको विभिन्न मागसहित अर्थमन्त्री बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । महासंघले सोमबार विभिन्न २१ बुदे मागसहित अर्थमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघले बुझाएको ज्ञापनपत्रमा युवा तथा खेलकुद मन्त्रालयलाई कुल बजेटको न्यूनतम १ प्रतिशत बजेट विनियोजन गर्न माग गरिएको छ ।

यस्तै एसियन, ओलम्पीक प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई सहज जीवनयापनका लागि स्थायी रोजगारी (निगम, संस्थान, सरकारी लि. वा अन्य सरकारी निकायमा) को व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

साग खेलका पदक विजेताहरुलाई प्रदान गरिंदै आएको प्रोत्साहन भत्ताको रकम बढाउने व्यवस्था गर्नुका साथै राज्यका विभिन्न सेवामा रोजगारीको व्यवस्था गर्नु पर्ने तथा निजामती, प्रहरी, सेना, संस्थान, निगम आदिमा कर्मचारी व्यवस्थापन तथा पदपूर्ति गर्दा खेलकुद क्षेत्रको लागि समेत छुट्टै कोटाको व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।

महासंघले खेलकुद विश्वविद्यालय तथा हाई अल्टीच्युड ट्रेनिङ सेन्टरको पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्