Logo
Logo

निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधन होल्ड


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार देशभरबाट ४ सय ५६ वटा चारपाङ्ग्रे र १ हजार ८२ वटा दुईपांग्रे सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले होल्ड गरेर चालकलाई कोभिड–१९ बारे सचेत गराएर छाड्ने गरेको छ । मास्क नलगाई हिँड्ने ९ सय ४० जनालाई प्रहरीले बुधवार मास्क वितरण गरेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ मापदण्ड पालना नगर्ने १ सय ९८ जनालाई प्रहरीले जरिवाना गरेको छ ।

संक्रामक रोग ऐन–२०२० अनुसार बुधवार मात्रै २२ हजार जरिवाना असुल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्