Logo
Logo

र्‍यापिड एन्टिजेन टेस्ट गर्दै चाँगुनारायण नगरपालिका


दृष्टि संवाददाता

567
Shares

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले घुम्ती शिविरमार्फत  र्‍यापिड एन्टेजिन टेस्ट गर्दै आएको छ । नगरभित्रका समुदाय कोरोना भाइरस फैलन नदिने उद्देश्यले नगरपालिकाले परीक्षण गर्दै आएको हो ।

नगरपालिकाका अनुसार कोरोनाको हट स्पट बनेको समुदायमा घुम्ती शिविर सञ्चालन गरिँदै आएको छ । स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालका अनुसार प्रभावित क्षेत्रमा थप कोरोना फैलन नदिन परीक्षणलाई जोड दिइएको हो ।

संक्रमण फैलिएको वा फैलिएको आशंका रहेको समुदायमा आवश्यक तयारीसहित परीक्षण गर्दै आएको उनले बताए । नगरभित्र सोचेभन्दा धेरै संक्रमितको संख्या बढेको उनको भनाइ छ ।

परीक्षण गरिएकामध्ये ५० देखि ६० प्रतिशतसम्ममा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सरकारले निषेधाज्ञा जारी गरे पनि पूर्ण रूपमा लागू नहुनु र संक्रमित आफैं खुलेआम हिँडडुल गर्नाले संक्रमणलाई फैलनबाट रोक्न नसकिएको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्