Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोनाबाट निको हुने बढेको देखि १० लाख खोप दिने चीनको घोषणासम्म


दृष्टि संवाददाता

819
Shares

१. नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी, २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि, अवधिमा थप ६७१६ जना निको , १४५ जनाले ज्यान गुमाए ।

२. कोरोना भाइरसको खोप उपलब्ध गराउन सरकारको कुटनीतिक पहल सुरु, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा छिमेकी देशसँग खोप उपलब्ध गराउन आग्रह, भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र लेख्दै खोप उपलब्ध गराउन सहजीकरणको भूमिका खेल्न आग्रह, चिनियाँ राष्ट्रपति सी जिन पिङसँग फोन संवाद गर्दै खोपको सहयोगको अपिल, फोन लगत्तै १० लाख खोप उपलब्ध गराउने चीन सरकारको घोषणा, कोभिशिल्डको विकल्प खोज्न कोभ्याक्सको सरकारलाई आग्रह ।

३. नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्था र रोकथामका उपायबारे चिनियाँ कम्युनिष्ट पाटी र नेपालका राजनीतिक दल तथा संसदका पदाधिकारीबीच बुधबार भर्चुअल छलफल, महामारीविरुद्ध लड्न नेपाली राजनीतिक दलहरुलाई उनीहरुको हैसियत र आकार अनुसार हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा, खोप, अक्सिजन, भेन्लिेटर, कन्सनट्रटेर, जेनेरेटर लगायतका जरुरी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई राजनीतिक दलको धन्यवाद ।

४. सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाएको नेपाली कांग्रेसको आरोप, पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कोरोना नियन्त्रण र रोकथामभन्दा पनि जनतामा भय उत्पन्न गराएको ठहर, दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गराएको निष्कर्ष ।

५. पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैकमवादी शैलीमा कारबाहीको डण्डा चलाएको माधवकुमार नेपाल समूहको आरोप, पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै भत्र्सना, सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५ को स्थितिमा सञ्चालन गर्नुपर्ने माग, पार्टी सदस्य नै नभएकालाई जिम्मेवारी सुम्पिएर अवैध निर्णय गरेको तर्क ।

६. नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकद्वारा एमाले स्थायी कमिटीको बैठकको निर्णयको अवज्ञा, सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रलाई दिएको समर्थन यथावत राख्ने निर्णय, कोरोना महामारीलाई मध्यनजर गर्दै तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको एमालेको नेपाल–खनाल समूहका सांसद प्रकाश रावलद्वारा जानकारी, प्रदेश संसदीय दलमा रिक्त उपनेता र उपसचेतक चयन गर्ने जिम्मा दलको नेतालाई दिने निर्णय ।

७. नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे बोल्यो भारत, आन्तरिक मामिला भएको विदेश मन्त्रालयको भनाइ, नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्ने भारतको सुझाव । एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयको भनाइ ।

८. नेपाल राष्ट्र बैंकद्वारा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी, वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशत ब्याज दिने गरी बचतपत्र निष्कासन, ब्याज ६/६ महिनामा हुने, १० महिनामा ५८ प्रतिशत मात्रै बजेट खर्च, विकासका लागि छुट्याएको रकम ६३ प्रतिशत बाँकी, कोरोना महामारीकै बीच बढे ४५ लाख डेटा प्रयोगकर्ता, दुई करोड ६३ लाखको पहुँचमा इन्टरनेट पुग्यो, रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, देश ठप्प हुँदा पनि विद्युत खपत बढ्यो, १५ दिनमा २०० मेगावाटले वृद्धि ।

९. राष्ट्रिय फुटबल टिम इराकमा, २३ खेलाडी र १२ अफिसियलसहितको टिमले शनिबार इराकसँग बसारा रंगशालामा मैत्रीपुर्ण खेल हुने, मैत्रीपुर्ण खेल खेलेका अर्को दिन नेपाली टिम सडकको बाटो हुँदै फिफा विश्वकप छनौटका लागि कुवेत जाने, टी–२० ब्लास्ट र द हन्ड्रेड खेल्न जाने तयारीमा रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेको बेलायतको भिषा आउन ढिलो, कोरोनाका कारण नेपालमा बेलायतको भिषाका लागि भारतको नयाँ दिल्लीबाट नै प्रक्रिया हुने र नेपालमा कार्यालय बन्द भएकाले ढिलो ।

१०.र, भारतमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८ हजार ८८६ जनामा संक्रमण, एकैदिनमा ४ हजार १ सय ५७ जनाको मृत्यु, कोरोना उत्पत्तिको पारदर्शी छानविन गर्न विश्वास स्वास्थ्य संगठनलाई अमेरिकाको आग्रह, भारतमा १८ वर्षमुनिका बालबालिकालाई पनि कोभिड खोप, परीक्षण सुरु, भारतबाट सिंगापुर जाँदै गरेको पानीजहाजमा भीषण आगलागी, चालक दलको उद्धार,भारत र बंगलादेशमा चक्रावतले ठूलो धनजनको क्षति, ११ लाख मानिसको उद्धार ।

Image: A patient infected with black fungus is taken on a wheel chair for treatment at the Mucormycosis ward of a government hospital in Hyderabad, India

प्रतिक्रिया दिनुहोस्