Logo
Logo

सुदुरपश्चिमका पूर्व प्रदेश प्रमुखको कोरोनाबाट निधन


दृष्टि संवाददाता

1k
Shares


काठमाडौं । सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणका कारण निधन भएको छ । मल्लको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको परिवारले जनाएको छ ।


मल्ल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
पूर्वराष्ट्रिय पञ्चायतका सदस्य हुँदै राप्रपाको राजनीति गरेका मल्ल राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका नेता थिए । उनी ०३७ देखि २०४६ सालसम्म पञ्चायत सदस्य रहेका थिए । यस्तै, २०७० सालको संविधान सभा निर्वाचन अगाडि कांग्रेस प्रवेश गर्दै सक्रिय रहेका थिए। कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मल्ललाई ०७४ माघ ३ गते सुदुरपश्चिम प्रदेशको प्रमुख प्रमुख नियुक्त गरेको थियो ।

कांग्रेस सभापति देउवाले आफुले एक मिति गुमाउनुपर्दा दुःख लागेको बताएका छन् । ‘कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्