Logo
Logo

काठमाडौं उपत्यकामा फेरि बढे संक्रमित


दृष्टि संवाददाता

3.3k
Shares

काठमाडौं । बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा बिहीबार २ सय ४५ नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार काठमाडौँ जिल्लामा १ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ सय ६४ तथा भक्तपुरमा २ सय ६५ जना संक्रमित थपिएका छन् ।

बुधबार काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा १ हजार १३९, ललितपुर २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्