Logo
Logo
सभामुख-कानूनविद् छलफल

‘संविधानको व्याख्या राष्ट्रपति र प्रधानमन्त्रीले भान्सामा बसेर गर्न मिल्दैन’


दृष्टि संवाददाता

117k
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिनिधिसभा मार्ने व्यवस्था नरहेको बताएका छन् । बिहीबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटनबारे कानून र संविधानविद्सँग गरेको छलफलमा वरिष्ठ अधिवक्ता थापाले प्रधाननमन्त्री र राष्ट्रपतिबाट संविधान उल्लंघन गर्ने काम भएको भन्दै दुवैलाई संसद मार्ने व्यवस्था नरहेको बताएका हुन् ।

जनता, सांसद र कानुन व्यवसायीले कानुन माने पनि सरकारमा रहनेले कानून नमानेकोमा गुनासो समेत गरे । ’यो संविधानसभाको आधारभूत संरचना भनेको संसद् हो । संसद् प्रधानमन्त्री राष्ट्रपतिले मार्ने व्यवस्था छैन,’ वरिष्ठ अधिवक्ता थापाले भने, ’हामी कानुन मान्ने संयम नागरिक, सांसद र कानुन व्यवसायी छौं । कानुन नमान्ने जति सरकारमा हुनुहुन्छ ।’

आवश्यक परेमा जनमत पुष्टि गर्नुपर्ने अवस्था आउने थापाले बताए । त्यसका लागि जनता र नागरिक समाजले सोच्नुपर्ने उनको भनाइ थियो ।संविधानको व्याख्या राष्ट्रपति र प्रधानमन्त्रीले भान्सामा बसेर गर्न नमिल्ने बताए ।

उनले भने, ’घरमा बसेर, किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले राति हरहिसाब गरेर, उहाँहरूको अंकगणितले यो धाराबाट यो धारामा जान्छ र यो धाराबाट यो उपधारामा जान्छ भनेर जुन खेल खेल्नुभएको छ त्यो निर्लज्ज छ ।’

प्रतिक्रिया दिनुहोस्