Logo
Logo

‘जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य छैन’


दृष्टि संवाददाता

378
Shares

काठमाडौँ । सभामुख अग्निप्रसासद सापकोटाले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताएका छन् । संविधानविद् र कानुन व्यवसायीसँग प्रतिनिधिसभा विघटनबारे परामर्श गरेपछि सभामुख सापकोटाले जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई नभएको भन्दै आफू त्यही अनुरुप अघि बढ्ने बताएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार भएको परामर्श बैठकमा सभामुख सापकोटाले भने, ’आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रादान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्छ ।’

सभामुख सापकोटाले जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य नभएको बताए । प्रतिनिधिसभाको दोस्रो विघटनले अदालतको आदेशको पालना नभएको पनि सभामुख सापकोटाको भनाइ थियो । त्यस्तै, सरकार गठनका विषयमा कसको पक्षमा बहुमत छ र कसकोमा छैन भन्ने कुराको निर्क्यौल संसद्ले गर्नुपर्नेमा राष्ट्रपतिले गरेको भन्दै उनले असन्तुष्टि पनि जनाए ।

मुलुक अध्यादेशबाट चलाउन खोजिएकोप्रति पनि सापकोटाले असन्तुष्टि जनाए । कतिपय विषय जनताको समेत सुझाव लिनुपर्ने खालका भएपनि सरकारले अध्यादेश ल्याउने र राष्ट्रपतिले जारी गर्ने विषयमा पनि उनले अस्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्