Logo
Logo

प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्छ : भीमार्जुन आचार्य


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधिसभा पुनःस्थापना हुने दावी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बोलाएको परामर्श बैठकमा संविधानविद् आचार्यले यसअघि प्रतिनिधिसभा पुनःस्थाना गर्ने सर्वोच्चको निर्णयलाई हेर्दा पनि अहिले प्रतिनिधिसभा पुनःस्थापना हुने र त्यसपछि संसद्ले आफ्नो क्रियाशीलता बढाउनुपर्ने बताएका हुन् ।

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरेको पनि आचार्यले आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध गरेको बताए । यस्तै राष्ट्रपति र प्रधानमन्त्रीले संविधान नमान्दा पनि प्रतिनिधिसभा र प्रतिपक्षले कुनै भूमिका खेल्न नसकेको गुनासो आचार्यको थियो ।

प्रतिक्रिया दिनुहोस्