काठमाडौं । देशमा कोरोना संक्रमण दर केही तुलनात्मक रुपमा घटेको छ । बिहीबार सार्वजनिक तथ्याङकअनुसार संक्रमणदर करिब ३३ प्रतिशतमा झरेको छ ।
नेपालमा संक्रमणदर ४६ प्रतिशतसम्म पुगेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ले २४ घन्टामा २० हजार चार सय १४ जनामा पिसिआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जून ३२.९७ प्रतिशत हो ।
बिहीबार थपिएका नयाँ संक्रमितमध्ये आधा भन्दा धेरै बाग्मती प्रदेशमा छन् । यो प्रदेशमा ३ हजार पाँच सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १७३८, ललितपुरमा ३६४, भक्तपुरमा २६५, काभ्रेमा २३३, चितवनमा १९८ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा संक्रमण घटेको तथ्याङक छ ।
बुधबार उपत्यकामा संक्रमण घटेकोमा बिहीबार फेरि बढेको छ ।
मृत्युको संख्या पनि धेरै दिनपछि केही कम भएको छ । पछिल्लो २४ घन्टामा एक सय ६ जनाले ज्यान गुमाएका छन् ।