काठमाडौं । सेयर कारोबार रकमले रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा रेकर्ड कायम भएको हो ।
सुरुवाती ३० मिनेटमा सवा दुई अर्ब रुपैयाँको सेयर किनबेच भइसकेको छ । जुन प्रति मिनेट ७ करोड रुपैयाँ भन्दा बढी हो । मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीइ संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो ।
राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
प्रि ओपन सेसनमा नै ३२ अंकले घटेको बजार सामान्य सेसनमा आएपछि थप ओरालो लाग्दै ५ मिनेटभित्रै ५० अंक भन्दा धेरै घटेको थियो। त्यसपछि केही सम्हालिदै फराकिलो अन्तर कम भए पनि बजार हरियो हुन भने सकेको छैन।
राष्ट्र बैंकको निर्देशनले अल्पकालिन लगानीकर्तालाई केहि समय प्रभावित पारे पनि दीर्घकालमा भने बजार सकारात्मक दिशामै अघि बढ्ने विश्लेषकहरुले बताउँदै आएका छन्।