काठमाडौं । अर्थ मन्त्रालयले ४१ अस्पताललाई एक अर्ब ४१ करोड रकमान्तर गरेको छ। मन्त्रालयले कोभिड रोकथामका लागि अस्पताललाई बजेट व्यवस्था गरेको हो।
अस्पतालको बजेट पहुँचवाला नेता र मन्त्रीका गृहजिल्लामा मात्रै केन्द्रित गरिएको भन्दै ओलोचना भएपछि सरकारले उपचारको विशेष उपकरणका लागि अन्य अस्पतालहरुमा पनि बजेट पठाएकाे हाे ।
कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।
मन्त्रालयले पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, रंगेली, सुनसरी र सर्लाही अस्पताललाई तीन/तीन करोड रुपैयाँ छ ।
यस्तै बारा, रामेछाप, दोलखा, रत्ननगर, भक्तपुर नगर, रसुवा, पर्वत, स्याङ्जा र म्यादी अस्पताललाई तीन/तीन करोड रुपैयाँ दिन लागिएको छ ।
यसैगरी पाल्पा, रोल्पा, पृथ्वीचन्द्र, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन/तीन करोड रुपैयाँ दिने भएको छ ।
सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुल्सीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरेको अर्थले जनाएको छ।
आईसीयु भेन्टिलेटरका लागि धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताललाई, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खत प्रदेश अस्पषताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ । कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन/तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ६ अर्ब बजेट सुनिश्चित गर्दै आएको छ ।