Logo
Logo

सिसीएमसीको सदस्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआइजी तोकिए


दृष्टि संवाददाता

54.1k
Shares


काठमाडौं ।

पुनर्गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आफ्नो काम सुरु गरेको छ । पूर्व रथी बालानन्द शर्मा रहेको समितिले विगतमा भन्दा राम्रो काम गर्ने अपेक्षा गरिएको छ ।


यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकतवमा रहेको निर्देशक समिति पुनर्गठन गरेर प्रधानमन्त्रीको नेतृत्वमा बनाइएको छ भने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको हो । निर्देशक समिति र केन्द्रका पदाधिकारी सम्मिलित बैठक खोप आयात, युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन, स्वास्थ्य सामग्री खरिदसँगै एकीकृत उपचार प्रणालीमा केन्द्रित हुनेछ । प
पुनर्गठित सिसिएमसी कोभिड नियन्त्रणको योजना बनाएर अघि बढ्ने उनले बताए । ‘निर्देशक समितिसँग सहजीकरण गरेर कार्यान्वयनमा सघाउन हाम्रो भूमिका हुन्छ,’ शर्माले भने, ‘योजना, कार्यान्वयन र जनशक्ति व्यवस्थापनमा केन्द्रित हुन्छौं ।’ मन्त्रिपरिषद्को सोमबारको बैठकले मात्र सिसिएमसी पुनर्गठन गरेको थियो ।

पुनर्गठित सिसिएमसीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, नेपाली सेनाका उपरथी अनन्त कार्की, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षद्वय क्रमशः विश्वराज पोखरेल, रामशरण पौडेल,गृह मन्त्रालयका सहसचिव नुरहरि खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव कृष्णहरि पुष्कर कर्ण सदस्य छन् । केन्द्रीय युनिफाइड अस्पताल (वीर) को प्रशासकीय प्रमुखमा प्राडा जागेश्वर गौतम सोमबार मात्र नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्