Logo
Logo

टोकियो ओलम्पिकमा सहभागी हुने जापानीलाई खोप


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियोमा हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको हो ।

जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो । ओलम्पिकमा जापानका एक हजार ६ सय एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।

जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म खोलम्पिक खेलको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्