काठमाडौं । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अवकाश पाएका छन् । उमेरहदका कारण उनले बिहीबार अवकाश पाएका हुन् ।
सरकारी सेवामा उनले ३३ वर्ष बिताए । अवकाशअघि नै उनको लोक सेवा आयोगको सदस्यमा सिफारिस भइसकेको छ ।
अवकाशपछि बेल्बासेले लेखका छन्-
३३ बर्ष ३ महिना र २० दिन (अस्थाई समेत) को निजामती सेवाको कार्यकालको अन्तिम दिन। खानेपानी मन्त्रालयका सहकर्मी कर्मचारी साथीहरुबाट बिशेष कार्यक्रम आयोजना गरी बिदाई गरेकोमा सम्पुर्ण साथीहरु प्रति आभार ब्यक्त गर्दछु। करीब २१ महिनाको मन्त्रालयको कार्य अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद एवं आभार ब्यक्त गर्दछु। मेरो कार्लकालको सबैभन्दा बढ़ी अवधि सेवा गरेको मेरो प्यारो सिंचाइ विभागका अग्रज सरहरु र सहकर्मी साथीहरू प्रति आभारी छु। साथै बिभिन्न निर्देशन दिई कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण राजनीतिक नेतृत्व प्रति पनि आभारी छु। अन्त्यमा मलाई हौसला प्रदान गर्ने र हरेक कदममा साथ दिने मेरो परिवारका सम्पुर्ण सदस्यहरु प्रति पनि आभार ब्यक्त गर्दछु।