Logo
Logo

देउवाले भने- ‘स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर’


दृष्टि संवाददाता

630
Shares


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

देउवाल विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन् ।

देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछ’ देउवाले लेखेका छन् ।

उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्