Logo
Logo

अक्सिजन कम हुँदा पोखरामा सात बिरामीको मृत्यु


दृष्टि संवाददाता

1k
Shares


पोखरा । पोखरामा कोरोना संक्रमितको उपचारमा चरम लापरबाही भएको छ । अस्सिजनको अभावमा सात बिरामीले ज्यान गुमाएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएकोहो । ज्यान गुमाउनेमध्ये एक सुत्केरी समेत छन् ।


मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना छन् । बिहीबार राती उनीहरुको उपचारमा अक्सिजन अभाव भएको थियो । बिरामीका आफन्तलाई समेत अक्सिजनको व्यवस्था गर्न भनिएको थियो । केही समय अक्सिजन पर्याप्त नहुँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृतकका आफन्तले यसमा अस्पताल र सरकारको लापबारहीको आरोप लगाएका छन् ।

उनीहरु सबै हाइफ्लो अक्सिजन चाहिने बिरामी थियो । आधा घन्टा नै उनीहरुले पर्याप्त अक्सिजन पाउन सकेनन् । यसमा अस्पताल प्रशासनको समेत लापरबाही देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्