काठमाडौं । स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । बिहान ८स्२५ मा डाक्टरले मृत घोषणा न्यौपानेको उपचारमा संग्लग्न डाक्टरसँग निरन्तर सम्पर्कमा रहेकी इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताए ।
कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएपछि ५० वर्षीय न्यौपाने १८ दिनदेखि विराटनगरको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचाररत थिए ।
एक छोरा र एक छोरीका पिता न्यौपाने सरकारले बनाएको बिज्ञापन बोर्डका सदस्यसमेत थिए । न्यौपाने इटहरीबाट सन्चालित रेडियो सप्तकोसीका सन्चालक हुन् । उनी नेकपा एमालेको प्रचार विभाग सदस्यसमेत थिए ।