Logo
Logo

‘आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण’


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा ४.१ प्रतिशत बृद्धि हुन कठिन हुने बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कोभिड १९ को महामारीका बाबजुद वृद्धिदरबाहेकका अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको जनाएको छ । अर्थमन्त्री पौडेलले फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुनः प्रभावित बनाएको दावी गरे ।

बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण गरिएको हो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले शनिबार अध्यादेशमार्फत वजेट सार्वजनिक गर्दैछ ।

आर्थिक सर्वेक्षण २०७७/७८ सम्वन्धि प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण रहेको बताए ।सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो । तर, अर्थतन्त्रले सोचेअनुसार गति लिन नसकेपछि ४.१ प्रतिशतको संसोधित अनुमान गरिएको थियो । तर, त्यो पनि अहिले चुनौतिपूर्ण बनेको छ ।

यस्तै राष्टिय खर्च योग्य आम्दानी १४८६ डलर पुगेको छ । मुद्रास्फिति नियन्त्रणमा रहेको र रेमिट्यान्स आप्रवाह ८।६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । आयात–निर्यात अवस्था पनि सन्तुलनमा रहेको बताइएको छ ।

आर्थिक सर्वेक्षण २०७७/७८ को प्रतिवेदन