काठमाडौं । प्राइम कमर्सियल बैंकले कोभिड१९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिब रु ३० लाख बराबरको पिपिइ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ सामाग्री बंैकका सञ्चालक मनोज पौडेलले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका छन् ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड१९ महामारीको दोस्रो लहरबाट विगत केही समयदेखि मुलुक आक्रान्त बनेको अवस्थामा विभिन्न अस्पतालहरुमा विरामी शैया, अक्सिजनलगायत अन्य अति आवश्यक स्वास्थ सामाग्रीको चरम अभाव भई संक्रमित बिरामीको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै यसअघि पनि प्राइम बैंकले सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको थियो ।
कोभिड१९ विरुद्घको लडाइमा यस संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल बैंकले कोभिड१९ विरुद्घको लडाइँमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने प्राइम बैंकका महाप्रबन्धक संजीव तुलाधरले दृष्टिलाई जानकारी दिएका छन् ।