काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको अवस्था स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तत्थ्याङकले देखाएको छ । केही जिल्लामा संक्रमण घट्दा केहीमा बढेको छ ।
शुक्रबार २०११० जनाको परीक्षण हुँदा ६९५१ मा संक्रमण पुष्टि भएको छ । यो अवधिमा ९८४१ जनालाई निको भएको छ भने ९६ जनाले ज्यान गुमाएका छन् ।
उपत्यकाका पछिल्लो दुई दिन संक्रमण बढेको छ । तीन जिल्लामा २३२४ जनामा संक्रमण भएको छ । काठमाडौंमा १७९६, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंपछि सबैभन्दा धेरै संक्रमण काभ्रेमा पुष्टि भएको छ । जहाँ एकैदिन ३९२ जनामा संक्रमण पुष्टि भएको छ । सिन्धुपाल्चोकमा पनि उच्च देखिएको छ । जहाँ २५६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश नम्बर १ मध्ये झापामा सबैभन्दा धेरै २२६, प्रदेश नम्बर २ मा महोत्तरीमा १३७, गण्डकीको कास्कीमा १८९, लुम्बिनीको रुपन्देहीमा २११, कर्णालीको सुर्खेतमा ६१ तथा सुदुरपश्चिममा कैलालीमा १३९ जनामा संक्रमण पुष्टि भएको छ ।