काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षाकर्मीका समस्या समाधानमा ध्यान दिइने बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
तर, उनले कुन कुन समस्या कसरी समाधान गर्नेबारे बताएनन् । सरकारबाट सुरक्षा निकायबाट अन्याय हुँदै आएको छ । उनीहरुलाई महंगीअनुसारको रासनभत्ता समेत पाउन सकेका छैनन् । स्रोत साधनको अभाव छ ।
यी समस्या समाधानका लागि पहल हुँदै आएपनि राज्य सकारात्मक छैन । शनिबार आउने बजेटमा रासनभत्तामा केही बृद्धि हुने अपेक्षा गरिएको छ ।