Logo
Logo

स्वास्थ्यकर्मी आक्रमण घटनालाई ‘कालाे दिन’ घोषणा गर्न चिकित्सक संघको माग


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले बाँकेको भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई ‘कालो दिन’ घोषणा गर्न माग गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनालाई ‘कालो दिन’का रुपमा घोषणा गर्न माग गरेको हो ।

संघले विज्ञप्तीमा शुक्रबार एक दिन कालो पट्टी बाधेर काम गर्न अनुरोध गर्दै कोभिड महामारीमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीको पछिल्लो घटनाले आत्मबल कमजोर बनाउने काम गरेको जनाउदैँ यस्तो माग गरेको हो ।

दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध गर्न विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्