Logo
Logo

पाकिस्तानका लागि नेपाली राजदूत कुटनीतिक भेटघाटमा सक्रिय


दृष्टि संवाददाता

315
Shares

इसलामावाद । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानी सांसद शहजाद वसिमसँग भेटवार्ता गरेका छन् । राजदूत अधिकारीले सांसद वसिमकै कक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध, सार्क र क्षेत्रीय सहयोगका विषयमा छलफल भएको थियो । छलफलमा क्षेत्रीय सम्बन्धलाई मजबुत बनाउने विषयमा सांसद वसिम पनि सकरात्मक भएका थिए ।

यस्तै, राजदूतले पाकिस्तानको संसदमै पाकिस्तान र नेपाल संसदीय मैत्री समूहका संयोजक सरदार मुहम्मदर इसरार तरीनसँग पनि भेटघाट गरेका थिए । भेटमा दुई देशको संसदबीच सहयोग, द्विपक्षीय वयापार, निवेश, पर्यटन, सांस्कृतिक सहयोग र सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

राजदूत अधिकारी पछिल्लो समय कुटनीतिक भेटघाटमा निकै सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्