Logo
Logo

माओवादी सरकारमा सहभागी तीन मन्त्रीलाई कारवाही


दृष्टि संवाददाता

38.5k
Shares

काठमाडौं । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्टलाई कारवाही गरेको हो ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नरहेको भन्दै माओवादी नेतृत्वको सरकारमा सहभागी भएकाले कारवाही गरिएको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्