Logo
Logo

परीक्षाबारे निर्णय लिन चिकित्सा शिक्षा आयोगलाई गगन थापाकाे आग्रह


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडाैं । नेपाली कांग्रेस नेता गगनकुमार थापाले चिकित्साशास्त्रतर्फको पोस्ट ग्रेजुएटको परीक्षाको विषयमा छिटो निर्णय लिन चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेका छन् । 

शुक्रबार आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीलाई भेटेर असारमा परीक्षा हुन्छ भनेर विद्यार्थी अलमलमा परिरहेकाले छिटो निर्णय लिन अनुरोध गरेका हुन् ।

नेता थापाले अबको ४-५ महिना परीक्षा नहुने परिस्थिति जनाउँदै पछि परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर तोकिने गरी निर्णय गरिदिन पनि आग्रह गरेको जनाएका छन् ।

त्यस्तै नेता थापाले आयोगको निर्णय आएसँगै चिकित्सा शिक्षा नियमावलीमा ‘महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अङ्क थप पाउने’ नियम थपिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरेका छन् ।

अहिले असारमा पीजीको परीक्षा हुने भन्दै ५ हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेका छन् । तर, अहिले परीक्षा सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्